राजावादीले गर्‍यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४४ दिन अगाडि
राजावादीले गर्‍यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौँ - राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।  सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए ।

जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत जनआन्दोलन घोषणा सभामा सहभागी छन् ।