भ्रष्टाचार साझा रोग हो, एक अर्कालाई आरोप लगाएर खुशी हुनु पर्दैन: ठाकुर गैरे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४४ दिन अगाडि
भ्रष्टाचार साझा रोग हो, एक अर्कालाई आरोप लगाएर खुशी हुनु पर्दैन: ठाकुर गैरे

काठमाडाैँ -सत्तारूढ नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको बताएका छन्।   

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भ्रष्टाचार अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका हुन्। 'एकले अर्कालाई आरोप-प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो,' उनले भने।

उनले यसलाई अन्त्य गर्न सामुहिक प्रतिबद्धताको खाँचो रहेको पनि बताएका छन्। 'एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं,' उनले भने।