रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४१ दिन अगाडि
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको सुनवाई आज हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन माथी आज सुनवाइ हुदैँछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी सुनवाइ हुन लागेको हो ।

गत वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारीसमेत गरेको थियो ।