नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही, बेलुका हायात ग्राउण्डमा प्रस्तुति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४० दिन अगाडि
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही, बेलुका हायात ग्राउण्डमा प्रस्तुति

 काठमाडाैँ -चर्चित भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेही नेपाल आएकी छन्। आज बेलुका हुने 'नोरा फतेही लाइभ इन नेपाल' का लागि उनी शनिबार बिहान काठमाडौं आइपुगेकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पञ्चेबाजाले स्वागत गरिएको थियो। काठमाडौं ओर्लिएसंगै सञ्चारकर्मीसँगको कुराकानीमा उनले पहिलोपटक नेपाल आउन पाउँदा खुसी लागेको बताइन्। बेलुका बौद्धस्थित हायात ग्राउन्डमा हुने यो कन्सर्टमा नोरासँगै नेपाली कलाकारहरूले पनि एउटै स्टेजमा प्रस्तुति दिँदैछन्।

नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र 'भ्वाइस अफ नेपाल' सिजन ६ का विजेता प्रोशेस पाण्डेसहित उत्कृष्ट ५ भित्र पर्न सफल प्रतिस्पर्धी इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य र प्रमेश राईले प्रस्तुति दिने तयारी छ। नोरा फतेही र दुर्गेशलाई 'दुश्मन हेरेको हेर्‍यै' गीतमा संगै स्टेज सेयर गराउने छ। नोराको टिमका सदस्य शुक्रबार नै काठमाडौं आइसकेका छन्।शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ’ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले कार्यक्रम गरेको हो।मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाईं छ।