गुजरातको जितपछि तीन टोली प्लेअफमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १७६ दिन अगाडि
गुजरातको जितपछि तीन टोली प्लेअफमा

काठमाडौं- गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा प्रवेश गरेको छ ।

गुजरातको सानदार जितपछि गुजरातसँगै तीन टोलीले प्लेअफमा स्थान पक्का गरेको छ । दिल्ली विरुदध जितपछि १२ खेलमा १८ अंक जोडेको गुजरात शीर्ष स्थानमा उक्लँदै प्लेअफ पुगेको हो । गुजरातको जितले दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्लुरु र तेस्रो स्थानको पञ्जाव किंग्सल प्ले अफमा स्थान सुरक्षित गरेका छन् । बेंगलुरु र पञ्जावको समान १७ अंक छ । अब बाँकी एक स्थानमा लागि तीन टिम होडमा छन् । त्यसमा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जयान्ट्स छन् ।

अरुण जेट्ली क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली दिल्लीले दिएको २०० रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गरेको हो ।गुजरातका लागि साई शुदर्शनले ६१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै अविजित १०८ रन बनाए । कप्तान शुभमन गिलले ५३ बलमा ३ चौका र ७  छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए ।त्यसअघि केएल राहुलको अविजित ११२ रनको मदतमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाएको थियो ।