रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १६९ दिन अगाडि
रास्वपाले स्वीकृत गर्‍यो सुमनाको राजीनामा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको छ ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् । श्रेष्ठले राजीनामामार्फत आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको लगायत बताएकी थिइन् ।