भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध छुट्टै मुद्दा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३२७ दिन अगाडि
भाटभटेनी तोडफोडमा संलग्न ११ जनाविरुद्ध छुट्टै मुद्दा

काठमाडौं -कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट एन्ड  डिपार्टमेन्ट स्टोरमा तोडफोडमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको कसुरमा बेग्लै मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले १५ चैतको घटनामा ४० जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । त्यसबाहेक ११ जनाविरुद्ध भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव, अन्नपूर्ण पोष्ट लगायतबाट परेको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो ।

तोडफोडमा संलग्न रहेर मुद्दा दायर भएकाहरूमा २९ वर्षीय श्रवणकुमार लामा, २१ वर्षीय समिर मगर, २० वर्षीय रविरञ्जन कुमार सिंह, ४० वर्षीय एलिसा राई भनिने लक्ष्मी राई, २० वर्षीय आशिककुमार महतो, १९ वर्षीय गोविन्द राय, ४४ वर्षीय सुशीला कुमाल, ३९ वर्षीय निर्मला कार्की, २४ वर्षीय प्रेमकुमार महतो, १९ वर्षीय राधेश्याम यादव र २० वर्षीय दिनेश महतो छन् ।