हलहरूले खुलाए 'जन्ते बाख्रो' को टिकट बुकिङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३२१ दिन अगाडि
हलहरूले खुलाए 'जन्ते बाख्रो' को टिकट बुकिङ

काठमाडाैँ -शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म (जन्ते बाख्रो)को सिनेमा हलहरूले अग्रिम टिकट बुकिङ खुलाएका छन्। 

फिल्म रिलिजको दुई दिनअघि मल्टिप्लेक्स हलहरूले शो तय गर्दै बुकिङ खुलाएका हुन्।  देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले बुधबार दिउँसोदेखि बुकिङ खुलाएको छ। आइएनआइ, वान सिनेमाज लगायतका मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन्। सिमोस सुनुवारको निर्देशनमा बनेको (जन्ते बाख्रो)मा सौगात मल्ल, आसिफ शाह र गरिमा शर्मा शीर्ष भूमिकामा छन्। ग्रामीण परिवेशमा रहेर निर्माण गरिएको फिल्मलाई हास्य, रोमान्स र ड्रामा जनरामा राखिएको छ। फिल्मको निर्माता सन्तोष गौतम हुन्।