रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३१२ दिन अगाडि
रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं - सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो ।

सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्ज लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना गरिएको स्रोतले जानकारी दियो  रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको स्रोतले बतायो। रिमाल अहिलेकी व्यस्त गायिका हुन् ।