फङ्ङी पर्वलाई राष्ट्रिय चाड घोषणा गर्ने शेर्पा इभेन्ट अर्गनाइजरको तयारी 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४८ दिन अगाडि
फङ्ङी पर्वलाई राष्ट्रिय चाड घोषणा गर्ने शेर्पा इभेन्ट अर्गनाइजरको तयारी 

काठमाडाैँ -फङ्ङी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको महान तथा ग्रीष्मकालीन चाडपर्व हो। यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौं महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ । चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ ।

यो एक हप्ताको हुन्छ । यस अवसरमा शेर्पाहरूले फड्डी मनाउने चलन छ ।शेर्पा इभेन्ट अर्गनाइजरले बिगत लामो समय देखि राजधानी काठमाडौ तथा विभिन्न देशहरुमा शेर्पा जातिको महान पर्व फङ्गी पर्बको जगेर्नाको निम्ति फाङ्गी साझ कार्यक्रम आयोजना गर्दै आएको छ। जसले गर्दा शेर्पा समुदायको फाङ्ङी पर्बको विशेषताको बारेमा अन्य समुदायले पनि बुझ्ने अबसर मिलेको छ। विश्व ब्रान्ड बनिसकेको शेर्पा जाती, जसले बिश्व माच नेपाललाई चिनाउन्दै आएको छ।उक्त जातिलाई नेपाल सरकारले ग्याल्पो लोसारकाे अबसरमा १ दिन मात्र सर्बजनिक बिदा दिएर राज्यले शेर्पा समुदायलाई अपहेलना गरेको महसुस भएको भन्दै,शेर्पा इभेन्ट अर्गनाइजरले फाङ्गी पर्बलाइ राष्ट्रिय चाड घोषणा सहितको १० बुदे माग पत्र बुझाइ सकेको छ।

उक्त माग पत्र बुझदै नेपाल सरकारले चाडै यसको निर्क्योलमा पुगि फाङङी पर्बलाइ राष्ट्रिय चाड घोषणा सहित उक्त दिन सार्बजनिक बिदा दिने बाचा गरेको शेर्पा इभेन्ट अर्गनाइजरको प्रबक्ता तथा महासचिव आङ छिरी शेर्पाले बताए । शेर्पा इभेन्ट अर्गनाइजरले बार्ता टोलि बनाइ नेपाल सरकारको बार्ता टोलि संग बैठक बसि उक्त फाङ्गी पर्बलाइ राष्ट्रिय चाड घोषणा गर्ने तयारी समेत रहेको कार्यकारी प्रमुख तेन्जि शेर्पा बताउछन्।