प्रचण्डले भनेका थिए 'अब पहिला झै राजा र माओवादी मिल्यौँ , अहिले माधव नेपालले गद्दार गरे' -

पत्रकार प्रकाश तिमल्सिनाको स्मृति डायरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४३ दिन अगाडि
प्रचण्डले भनेका थिए 'अब पहिला झै राजा र माओवादी मिल्यौँ , अहिले माधव नेपालले गद्दार गरे' -

काठमाडौं -  देशको वर्तमान व्यवस्थामाथि धेरैले प्रश्न गरिरहेका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादास्पत भनाई बाहिरिएको छ । लामोसमययता नेपाली राजनीतिमाथिको गहिरो अध्ययनसहितको पत्रकारिता गरिरहेका पत्रकार प्रकाश तिमल्सिनाले स्मृति डायरी भन्दै एक स्टाटस सार्वजनिक गरेका छन् ।

जसमा प्रचण्डले 'पहिला झै राजा र माओवादी मिल्यौं, पहिला नि हामी त्यही पक्षमा हौं' भनेको विषय मूल मुद्दाका रूपमा अघि सारेका छन्। पत्रकार तिमल्सिनाले धेरै प्रयास गर्दा पनि आफूले तयार गरेको यो समाचार उक्त समय कहिँ कतै छाप्न नसेकेको पनि उल्लेख गरेका छन् । यसले राजावादीसँग प्रचण्डको निकटता बारे प्रश्नमात्र उठाएको छैन कि वर्तमान व्यवस्थामाथि  प्रचण्ड नै खतरा त हैनन् भन्ने चिन्ता पनि बढाएको छ । 
पत्रकार तिमल्सिनाको फेसबुक पोस्ट जस्ताको त्यस्तै

 

स्मृति: कहिल्यै लेख्न नपाएको समाचार !!!

माओवादीले नेपाल सम्बतको अवसरमा सधै चियापान कार्यक्रम गर्थ्यो, जो अहिले रोकिएको छ, कारण एकजना पुर्व माओवादी लडाकुले माओवादी अध्यक्ष प्रचण्डको गालामा झाप्पड हानेका थिए।

त्यो दिन धेरैले यसलाई मेन न्युज बनाए तर मैले तत्कालिन राजधानी दैनिकमा एंकर समाचार लेखे, `प्रचण्डको काँधमा रूक्माङ्द कटवालले धाप मारे` (शिर्षक बिर्सिए) जे होस्, एंकर न्युज हो। म अलिकति साईकोलोजी पढेको मान्छे, धाप, त्यसलाई मारिन्छ, जो उ भन्दा कमज‍ोर छ।

यो भोलिपल्ट राजधानी दैनिकमा छापियो।

त्यसपछि रिटार्यड जनरल कटुवालले राजधानीका साहु महेन्द्र शेरचनलाई फोन गरेछन्, र भनेछन्, `यो त्यही केटो होईन, जसले प्रधानसेनापतिको श्रीमतीको ईतिहासमा पहिलो पटक अन्तर्वार्ता छापेको थियो ?`

`हो, उहीँ केटो हो,´ महेन्द्र सरले भनिदिनु भएछ।

त्यसपछि फोन नम्बर मागेर मलाई फोन गर्नु भय‍ो, `केटा तँ त पहिला देखि नै हरामी होस्, मेरो घरमा आईज‍ो त ।`

मैले सोधे, `तपाईको घर कहाँ हो र ?`

जवाफ आयो, `सातदोवाटो चोक आईजो, ह्वाईट हाउस कलेजवाट उत्तर लाग् ।` (मलाई तँ भन्नुको कारण छ ऊहाँले, मेरो प्रोफेसन देखेर उहाँ छक्क पर्नु भा°थ्यो, अलिकति किशोर श्रेष्ठ दाजु (जनआस्था) लाई पनि थाहा छ र सुरेश यादव (गोरखापत्र) सरलाई पनि भन्नू भा छ, पछि यसमा लेखुला) ।

त्यसपछि म महेन्द्र सर (राजधानी दैनिक प्रमुख) , राजन शर्मा (सम्पादक) र गणेश बस्नेत (समाचार प्रमुख) लाई जानकारी दिएर खुमलटार गएँ।

कटुवाल निवासमा म पुग्दा केही पुजा भईरहेको थियो। जाने बितिक्कै उहाँले भन्नू भयो, `प्रकाश बाबू, आजकाल राजधानी दैनिकमा प‍ो हो तपाईं ? मैले त तरूण साप्ताहिकमा नै हो कि भन्ठानेको, तपाईको समाचार त म हरेक दिन रेडिय‍ोमा सुन्ने र पत्रिका पढिरा हुन्छु नि, यो थाहा पाएर छक्क परे, ल पहिला प्रसाद खानुहोस् !´

मैले प्रसाद ग्रहण गरे ।

पुजा सकियो र उहाँको घर भित्र आउने ईशारा गर्नु भय‍ो। भन्नू भयो, `तपाईं मेरो कार्यकालमा भेटेको एक मात्र साहासी पत्रकार हो, जो चप्पल लगाएर शशी भवन छिर्नु भा थ्यो, त्यसपछि महारानी (कटुवालकी श्रीमती) ले भने पछि जंगी अड्डामा निम्तो गरेको थिएँ, याद छ नि ।`

म‌ैले भने, `याद छ नि जर्साब र मेरो जीवन खतरामा रहेछ भनेर डाटामा देखाए पछि म झसंग पनि भएको हो नि, तर तपाईको प्रस्ताव अस्विकार पनि गरेको हुँ नि बिशुद्द पत्रकारिताका लागि ।´

उहाँले भन्नू भयो, `हो, हो, त्यसैले त खोजी खोजी बोलाए ।`

मैले भने, `ल भन्नुहोस्, किन बोलाउनु भयो ?`

उहाँले बार रूममा लानु भयो र भन्नू भयो, `यहाँ तिमिले केही देख्यौं ?`

मैले भने, `अहँ देखे, यो त रक्सीका बोतलहरू हुन् ? तर यी सबै रित्तिएका छन् ।`

उनले भने, `हो, न्युज यसैमा छ ।`

मैले भने, `खाली रक्सीका बोत्तल कसरी न्युज हुन्छ ?´

उनले भने, `यी रक्सीका बोत्तल माओवादी अध्यक्ष प्रचण्डलगायतले यही रूममा बसेर खाएका हुन्।`

`यो त सम्भवै छैन्, उनीहरू त नागरिक सर्वोच्चताको आन्दोलन गरिरा`छन, त्यो पनि तपाईलाई राष्ट्रपति रामबरण यादवले थमौती गरिदिएको भनेर, यो त हुनै सक्दैन्, ` मैले भने ।

उनले भने, `त्यही भएर त प्रकाश बाबू, यो समाचार हो, अरूलाई भन्यो भने समाचार लेख्दैनन, तिमी त लेख्छौ, म तिम्रो ज्यान जोगाउँदा पनि मेरो बारेमा समाचार लेख्यौं, `जनआन्दोलनको भुत बोकेर प्रधान सेनापति चिन भ्रमणमा ।´ तिमी न्युजमा कम्प्रोमाईज गर्दैन भनेर यसैवाट थाहा पाएको हुँ।

`म त जनआन्दोलनको घाईते हु, ४९ नम्बर कार्ड हो मेरो, जनआन्दोलन भरी मेरो पोष्टर लोकतान्त्रिक भित्तो (बागबजार) मा थियो, मैले पहिला नि भनेको थिएँ ´ मैले नडराई पुनः भने ।

`त्ययो त छापिएकै छ, मेरो बाईलाईनमा´ मैले भने, `यो प्रचण्डले रक्सी खाएको कोड दिनुहुन्छ भने म समाचार लेख्छु।` उनी पनि ह्की मान्छे, `मेरो कोड गर, अर्को कुरा पनि भन्छु, मोहन बैध चाहिँ रसियन ह्विसकी बाहेक अरू खाँदा रहेनछन्, सेलबेज (जावालाखेल) वाट मगाएर खुवाएँ ।`

मैले भने `को को आएका थिएँ,´

उनले भने, `प्रचण्ड, बैध, बादल, सिपी, बिप्लवहरू !´

`बाबूराम नारायणकाजी ? उहाँहरूलाई किन नबोलाएका रहेछन ´ मैले सोधे ।

`उनीहरू गणतन्त्रवादी हुन, त्यसैले नबोलाएका हौं भनेर प्रचण्डले भन्नु भयो´ कटुवालले भने।

मैले भने, `खासमा उनीहरू किन आएका थिएँ ?°

कटुवालले भने, `तपाईसँग जे जे भय‍ो, भयो, यो बिर्सनुहोस, अब पहिला झै राजा र माओवादी मिल्यौं, पहिला नि हामी त्यही पक्षमा हौं, अहिले माधव नेपालले गद्दार गरे, तपाईले वातावरण मिलाई दिनुहोस् राजासँग, खास लडाई हाम्रो राजासँग होईन, संसदवादी दलसँग हो ।´

धेरै कुरा भयो, मैले प्रचण्ड र बैधहरूले खाएको रित्तो रक्सीको बोतल हेरेर फर्के ।

कटुवाल निवासवाट जसै फर्के, यो समाचार लेखु कि नलेखु भन्ने द्बिबिधामा रहिरहे । निकै महिना अलमलमा परे । किनभने, यो समाचार मैले खोजेको होईन, दिईएको थियो।

केही समय पछि नागरिक दैनिकवाट जागिरको अफर आयो। मैले सोचे, यो समचार राजधानीमा लेख्नु भन्दा नागरिक दैनिकमा लेख्यो भने निकै चर्चा पाउँछ ।

त्यसपछि नागरिकमा जाने बितिक्कै तत्कालिन सम्पादक किशोर नेपाललाई यो गोप्य तर ब्रेकिङ समाचार ईमेलमा पठाएँ तर उनले एकदिन पनि छापि दिएनन।

त्यसपछि गुणराज लुईटेल दाईलाई सेयर गरिदिए, `राजधानीमा नछापी नागरिकमा छापुला भनेर ब्रेकिङ न्युज लिएर आएको थिएँ, किशोर दाजुले छापिदिनु भएन। अब के गरौं ?

मैले यो समाचार राजधानीमा लेख्नु भन्दा नागरिकमा लेख्छु भनेर रोकेर आएको थिएँ, कति महिना देखि !

गुणराज दाजुले भन्नू भयो, `उहाँले समाचार छाप्नु भएन भने उसो भए पर्सनल ब्लग बनाऊ, त्यसपछि मैले ब्लग बनाए, नाम राखे- प्रकाश उज्यालो, त्यो पनि चन्द्र काफ्लेको सहयोगमा । य‍ो प्रकाश उज्यालो नाम मेरो बेष्ट फ्रेन्डले राखिदिएकी थिई।

पछि प्रतीक प्रधान दाई सम्पादक भएर आउनु भयो अनि जिस्काउनु हुन्थ्यो, `तिम्रो ब्लग त हिट छ तर प्रकाश उज्यालो नाम त उस्तै छ किन, म पनि के प्रतिक बिन्दु राखुँ ? ´ रमाईलो गरिन्थ्यो, न्युज रूममा ।

हप्तामा एक पटक लेख्थे तर एलेक्सा रयाङ्किङमा १०० मुनि सम्म आयो। अनलाईन खबर देखी धेरैले साभार गर्थे, त्यो बेला मेरो ब्लग।

तर, पनि समाचार हाल्न पाईन, जुन समाचार ईमेलमा थिय‍ो, खै कसरी झुक्किएर डिलिट भएछ ।

यो तस्विर चाँही, `प्रकाशबाबु मैले संविधान निर्माण गर्न खेलेको भुमिकाका बारेमा धेरै लेखिदिनु भयो, आउनुहोस, सँगै तस्विर खिचौै° भने पछि संबिधानसभाको अन्तिम दिन खिचेको हुँ, जुन दिन संविधान जारी भएको थियो।

(बिजय गच्छदारको समाचार ब्रेक गरेको थिएँ तर बिनोद सरलाई फोन गरेर गलत कुरा सुनाएको थाहा पाए पछि प्रचण्डले सम्झेर फोटो खिच्न बोलाउनु भा थ्यो, यो पछि लेखुला)

प्रकाश दाहालले पनि जहिल्यै भन्थे `मितज्यु, बुवासँग कुनै दिन फोटो खिच्नु पर्छ है, धेरै घमन्ड नगर्नुहोस, नेता भनेको नेता हो है` भन्ने कुरा सम्झेर खिचेको हुँ ।