काठमाडौँ—दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयो: सांसद महासेठ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३०० दिन अगाडि
काठमाडौँ—दिल्ली इकोनोमिक क्लासको टिकट मूल्य बढी भयो: सांसद महासेठ

काठमाडौँ - नेकपा एमाले सांसद रघुवीर महासेठले हवाई टिकटको मूल्य महँगो भएको भन्दै मूल्य घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताएका छन् । 

आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालीहरूले दिल्ली जानलाई ६० हजारदेखि ८० हजार रुपैयाँ इकोनोमिक क्लासका लागि तिर्ने कुरा दुःखद भएको बताए । उनले यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा गम्भीर हुनुपर्ने बताए । समितिको बैठकमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि  समितिमा सैद्धान्तिक छलफल भएको थियो ।