‘बाटुलो जून’ पोस्टर सार्वजनिकः अनमोलको काखमा प्रिन्सी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २९४ दिन अगाडि
‘बाटुलो जून’ पोस्टर सार्वजनिकः अनमोलको काखमा प्रिन्सी

काठमाडौँ -अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहने ‘बाटुलो जून’ फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।

जसमा अनमोलको काखमा प्रिन्सीलाई देख्न सकिन्छ । पोस्टरमा उनीहरु गाउँले परिवेशमा देखिएका छन् । अधेरी समय छ, जुन लागिरहेका छ । फिल्मको आजैबाट छायांकन सुरु गरिएको चलचित्रका निर्देशक भूवन केसीले जानकारी गराएका छन् । अभिनेता अनमोल र भूवनले नै फेसबुकमार्फत फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् । यो चलचित्रमा अनमोल पहिलोपटक गाउँले भूमिकामा देखिदैछन् । फिल्म जिया केसी (सनराइज ब्यानर)बाट निर्माण हुँदैछ ।