केदारपछि ‘जहाजैमा’मा सौगातको प्रवेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २९३ दिन अगाडि
केदारपछि ‘जहाजैमा’मा सौगातको प्रवेश

काठमाडौं -अभिनेता सौगात मल्ल नयाँ चलचित्र ‘जहाजैमा’मा अनुबन्धित भएका छन् ।

कृषा चौलागाईंको निर्देशनमा बन्ने चलचित्रमा यसअघि कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ र जापानी अभिनेत्री रुजेल इचिमियाको अनुबन्धित भएका छन् । निर्माण टिमले सौगातसँग औपचारिक रुपमा कागजी सम्झौता गरिसकेको छ । यो चलचित्रमा उनको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । सौगातको भूमिका अहिले गोप्य राखिएको भए पनि उनी यस भूमिकाबाट निकै प्रभावित भएको बताइएको छ ।

साथै, यस चलचित्रमा अन्य केही चर्चित कलाकारहरु पनि रहने निर्माण पक्षले जानकारी दिएको छ । गत चैत्र २९ मा प्रदर्शन भएको चलचित्र ‘पिताम्बर’मा सहकार्य गरेपछि निर्देशक चौलागाईं र अभिनेता मल्ल पुनः एकपटक ‘जहाजैमा’मा सहकार्य गर्न लागेका हुन् ।उज्ज्वल गुराँगाइले निर्माण गर्ने यो चलचित्र जापान, नेपाल र फिलिपिन्समा छायांकन हुने बताइएको छ । हाल प्रि–प्रोडक्सनको काम रहेको चलचित्र भदौदेखि फ्लोरमा जाने तयारीमा छ । चलचित्रको डीओपी पुरुषोत्तम प्रधान रहनेछन् ।