२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २८२ दिन अगाडि
२५ लाखमा बन्ने फिल्म अभिनय गर्दै अनमोल केसी

काठमाडौँ - फिल्म उद्योगमा अभिनेता अनमोल केसीको पारिश्रमिकको चर्चा सधैँ हुने गर्छ । फिल्म ‘फर्की फर्की’मा उनले ५० लाख पारिश्रमिक लिएको र करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको सार्वजनिक गरिएको थियो ।

अहिले भने अनमोल आफूले लिएको पारिश्रमिकको आधा बजेट अर्थात् २५ लाखमा निर्माण हुने फिल्म ‘बाटुलो जुन’ अभिनय गर्ने भएका छन् । सनराइज पिक्चर्स प्रालिको नामबाट चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिइएको फिल्मको निर्माता जिया केसी हुन् ।  अनमोलकै बुबा भुवन केसीको निर्देशनमा नाम रहेको फिल्मको कलाकारमा भुवन केसी, जिया केसी र अनमोल केसी बताइएको छ । फिल्मले जेठको तेस्रो साता बोर्डबाट निर्माण इजाजत पत्र लिएको हो ।