मनोज गजुरेल, शैलेन्द्र सिंखडाले ‘८२ सालको गाईजात्रा’ प्रहसन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७४ दिन अगाडि
मनोज गजुरेल, शैलेन्द्र सिंखडाले ‘८२ सालको गाईजात्रा’ प्रहसन गर्ने

काठमाडौं - हास्यकलाकार मनोज गजुरेल र ब्यंग्य कवि शैलेन्द्र सिंखडाले यसवर्ष पनि गाईजात्रा प्रस्तुति दिने भएका छन् । यतिबेला यो समूहका कमेडियन प्रस्तुतिको तयारीमा ब्यस्त छन् ।

‘८२ सालको गाईजात्रा’ नाम दिइएको यो प्रहसन साउन २३ देखि २७ गतेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना हुने भएको छ । उनीहरूसँगै युवापुस्ताका चर्चित कमेडियन पनि जोडिएका छन् । सुबोध गौतम, सुमन कार्की, पशुपति शर्मा, नवराज पराजुली, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, प्रकृति गिरी, श्रेया सुवेदी, आशिष खनाल, सन्देश सुवेदी, युमी गौतमले पनि प्रस्तुति दिनेछन् । यसवर्षको ’गाईजात्रा’ साउन २५ गते मनाइँदै छ ।