‘कुमः सागर एण्ड द ख्वप’ दुबईमा गुञ्जिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७४ दिन अगाडि
‘कुमः सागर एण्ड द ख्वप’ दुबईमा गुञ्जिने

काठमाडाैँ - चर्चित सांगीतिक समूह ‘कुमः सागर एण्ड द ख्वप’ युएईको दुबईमा गुञ्जिने भएको छ । जुलाई २० मा त्यहाँको अल नासर क्लबमा ब्याण्डले प्रस्तुति दिन लागेको हो ।

पहिलोपटक कुमः सागरलाई लिएर दुबईमा बृहत सांगीतिक कार्यक्रम आयोजना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए ।अल नासर क्लबमा दिउँसो १ देखि बेलुकी ८ बजेसम्म कार्यक्रम चल्ने जनाइएको छ । कुमः सागरले सो अवसरमा आफ्ना चर्चित गीतहरूमा प्रस्तुति दिनेछन् । कार्यक्रममा ३ हजारभन्दा बढी दर्शक सहभागी हुने जनाइएको छ ।

कुमः सागर पछिल्लो समय देश तथा विदेशमा समेत चर्चित छन् । विशेषगरि युवा प्रशंसकमाझ उनी रुचाइएका छन् । दुबईमा यो लोकप्रिय ब्याण्ड पहिलो पटक देखिन लागेकोले कार्यक्रम थप रोमाञ्चक हुने विश्वास आयोजकले लिएको छ । सो अवसरमा काब्य ब्याण्डसहित अन्य कलाकारले पनि प्रस्तुति दिने जनाइएको छ । ‘गोर्खा साँझ भोल्युम ३’ कार्यक्रमअन्तर्गत सांगीतिक प्रस्तुति आयोजना गरिएको हो ।