सन्तोष सेनले थाले 'बलिदान' को देशव्यापी प्रचार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४७३ दिन अगाडि
सन्तोष सेनले थाले 'बलिदान' को देशव्यापी प्रचार

 काठमाडाैँ -समीर भट्ट अभिनीत फिल्म 'बलिदान' दसैंमा प्रदर्शनमा आउँदैछ।निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको निर्माण पक्षले प्रचारप्रसार थालेको छ।

निर्देशक सन्तोष सेनले आफूहरूले फिल्मको देशव्यापी प्रचार यात्रा सुरू गरिसकेको जानकारी दिए। 'बलिदान' मजबुद फिल्म बनेको बताउँदै अबको मुख्य लक्ष्य फिल्मलाई दर्शकको घर-आँगनसम्म पुर्‍याउनु रहेको सेनले बताए। सोहीअनुसार सुरूमा काठमाडौं बसपार्कस्थित ल्होत्से मलमा फिल्मको ठूलो पोस्टर राखिएको छ।'देशभरिका गाउँ-सहर, टोल-चोकमा यो फिल्मको कोशेली पुर्‍याउने अभियान सुरू हुँदैछ, बलिदान ब्यानर मार्फत,' सेनले फेसबुकमा लेखेका छन्। उनले साना-साना कुराहरूमा ध्यान दिँदै 'बलिदान' बनाएको बताएका छन्। 

अगाडि लेखेका छन्– 'विदेशी फिल्महरूको भिडबीच पनि, बलिदानको आत्मबल, कथाको गहिराइ र प्रस्तुतिमा पूर्ण निखारसहित उभिएको छ। अब कुनै शंका छैन, हामी सक्षम छौं, तयार छौं।'फिल्म 'बलिदान' दसैंको फूलपातिमा प्रदर्शन हुने तयारीमा छ। फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता रायलगायत कलाकारहरूको अभिनय छ।आसुसेन फिल्म्स प्रालीको प्रस्तुति रहेको फिल्मको निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने कार्यकारी निर्माताको रूपमा प्रेम पुरी छन्।