राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७३ दिन अगाडि
राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । 

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगालमा ज्ञापन पत्र बुझाउन लागेको हो ।गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सञ्चलन गर्ने निर्णय गरेको थियो । राप्रपाले अख्तियारको प्रदेश कार्यालयहरू, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरूमा समेत चरणबद्ध रुपमा भ्रष्टाचार विरुद्धको दबाबमूलक अभियान सञ्चलन गर्नेछ ।