'झिमझिम' स्पोटीफाइमा समेत पर्‍यो ट्रेन्डिङमा, दुई करोड नाघ्यो युट्युब भ्युज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७४ दिन अगाडि
'झिमझिम' स्पोटीफाइमा समेत पर्‍यो ट्रेन्डिङमा, दुई करोड नाघ्यो युट्युब भ्युज

काठमाडाैँ -गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य रहेको गीत 'झिमझिम' ले छोटो समयमै युट्युबमा २ करोड भ्युज पाएको छ।

असार १३ गते (जुन २७) मा सार्वजनिक गीतलाई बिहीबार बेलुकासम्म २ करोड ३ लाखभन्दा बढीपटक हेरिएको छ। यो गीत यतिबेला स्पोटीफाइमा समेत ट्रेन्डिङमा परेको छ। स्पोटीफाइमा भारतका ५० भाइरल गीतको सूचीअन्तर्गत यो गीत ट्रेन्डिङमा समावेश भएको हो। गीत यतिबेला उक्त सूचीको ४२ औं नम्बरमा छ। यसलाई लिएर गायक एकदेवले सामाजिक सञ्जालमा खुसी समेत साटेका छन्।'झिमझिम' यतिबेला नेपालमा युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ चौंथो स्थानमा छ। यो गीत ट्रेन्डिङमा केही दिनसम्म शीर्ष स्थानमा रहेको थियो।

गीतलाई रिलिजको दुई दिनमै ५० लाखभन्दा बढीपटक हेरिएको थियो। गीतको भिडिओमा ऋत्विक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन्। भव्य र आकर्षक बनाइएको भिडिओमा स्नेहा शेट्टी कोहलीको निर्देशन छ।