काठमाडाैँ -प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा छलफल भएको छ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी आइतबार अपराह्न एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन्। सुरक्षाबाहेक सेवा सुविधा त्याग गरेकी पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन चाहन्छन्। उनले सदस्यता नवीकरण गर्न खोजे पनि एमालेले पेन्डिङमा राखेको छ।
पार्टी विशेषको राजनीतिमा फर्कन मिल्छ कि मिल्दैन छलफल गरेर निर्णय लिने पक्षमा एमाले छ। अध्यक्ष ओलीले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नमिल्ने बताइरहेका छन्।तर एमालेका केही नेता तथा कार्यकर्ताहरूले पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउनुपर्ने अभिव्यक्ति दिइरहेका छन्।