डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल निर्वाचित 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७० दिन अगाडि
डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल निर्वाचित 

काठमाडाैँ -डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा तीर्थ पौड्याल सर्वसम्मत निर्वाचित भएका छन् । 

आइतवार युकेको डार्टफोर्डमा सम्पन्न अधिवेशनले पौड्यालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष अनुक्रम रिजाल र सिर्जना पौडयाल सिटौला, महासचिवमा रामप्रसाद सुवेदी, सचिवमा डा. रामजी भण्डारी, कोषाध्यक्षमा अमृत शर्मा पौडेल, सदस्यहरुमा डा. तेजेन्द्र फेराली, गायत्री श्रेष्ठ, भुवनेश्वरी माडै ‘भुमि’, शर्मिला नेपाल, उमेश तिवारी, डा. दीपक पाण्डे, निर महर्जन सर्वसम्मत रुपमा चयन भएका हुन् ।  डार्टफोर्ड नेपाली समाजले आपत्कालीन अवस्थाहरुमा स्वयंसेवी भुमिकाको रुपमा काम गर्दै आइरहेको छ ।