रचनाले एलिना र इन्द्रकलासँग मिलेर ल्याइन् 'बामरी बसायो'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७१ दिन अगाडि
रचनाले एलिना र इन्द्रकलासँग मिलेर ल्याइन् 'बामरी बसायो'

 काठमाडाैँ -गायिका रचना रिमालको प्रस्तुतिमा 'बामरी बसायो' बोलको तीज गीत सोमबार सार्वजनिक भएको छ।

रचनाले गायिकाहरू एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा यो गीत ल्याएकी हुन्।  तीन गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ। संगीत संयोजनको काम नरेन्द्र बियोगीले गरेका छन्। रचना, एलिना र इन्द्रकलाले भिडिओमा नृत्य समेत गरेका छन्। साथमा अनुपा विष्टको समेत नृत्य छ। 

वर्ष दिनमा आउने तीजको उमंग, नाच्ने गाउने रहर र माइतका कुरा गीतमा गरिएको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओ गम्भीर विष्टको निर्देशनमा बनेको हो। भिडिओका छायांकार नवराज उप्रेती हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।