डेनमार्क —डेनमार्क – गैर आवासीय नेपाली संघ (NRNA) डेनमार्कको २०२५–२०२७ कार्यकालका लागि निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। अनलाइन माध्यमबाट सम्पन्न यस निर्वाचनमा नेपाली समुदायको व्यापक सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का उपाध्यक्ष हेमराज शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए त्यस्तै RC EUROPE का चिरञ्जिबि खड्का, DRC EUROPE का रोबट लिम्बु, अनुजा प्रधान, सन्तोष भट्टराई लगायत स्थानीय वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षहरू अर्जुन चौलागाईं र अमृत रिजाल रहेका छन् । महासचिवमा शैलेन्द्र राई चयन भएका छन् भने सचिवहरूमा हरितमणि न्यौपाने र धुर्व घिमिरे छन् । युवा संयोजकमा प्रकाश बुदुजा, कोषाध्यक्षमा राकेश श्रेष्ठ, सह–कोषाध्यक्षमा मनोज न्यौपाने, महिला संयोजकमा उषा अधिकारी चयन भएका छन् । सदस्यहरूमा सुरेश जोशी, सरोज श्रेष्ठ, अजित देवकोटा, राहुल देवन, ध्रुव खनाल, दीपक थापा र प्रकाश पाण्डे रहेका छन् । यस्तै, आइसीसी सदस्यमा वरदान पोखरेल चयन भएका छन् ।
महाधिवेशन अनलाइन माध्यममार्फत सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसीसी उपाध्यक्ष हेमराज शर्मा थिए । विशेष अतिथिका रूपमा आरसी युरोपका चिरञ्जिवी खड्का, डिआरसी युरोपका रोबट लिम्बु, अनुजा प्रधान, सन्तोष भट्टराई लगायत स्थानीय विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।