शेर्पा पर्यटन व्यवसायिक संघ नेपालको नयाँ कार्यसमिति चयन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २९७ दिन अगाडि
शेर्पा पर्यटन व्यवसायिक संघ नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं -शेर्पा पर्यटन व्यवसायिक संघ नेपालले आफ्नो ७ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाबाट अध्यक्षमा पासाङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।

नव–निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा, प्रथम उपाध्यक्षमा च्येङा छिरिङ शेर्पा, द्वितीय उपाध्यक्षमा थुप्तेन शेर्पा, महिला उपाध्यक्षमा छोकी शेर्पा रहेका छन् । यस्तै, महासचिवमा सोनम याङ्जी शेर्पा, सचिवमा छोकी शेर्पा, कोषाध्यक्षमा गेलु शेर्पा र सह–कोषाध्यक्षमा दाबुटी शेर्पा चयन भएका छन् । सदस्यमा कुङगा शेर्पा, वाङ्डा शेर्पा, आङ दावा शेर्पा, कामी शेर्पा र नुर्बु छिरिङ शेर्पा निर्वाचित भएका छन् ।

साधारणसभामा संघको विगतका गतिविधि, आगामी कार्ययोजना तथा हिमाली पर्यटनको सम्भावना र चुनौतीबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले शेर्पा समुदायको सीप र अनुभवलाई व्यवस्थित रूपमा उपयोग गर्न सके, हिमाली पर्यटनलाई नयाँ उचाइमा पु¥याउन सकिने धारणा राखे । नव–निर्वाचित अध्यक्ष पासाङ शेर्पाले आफ्नो कार्यकालमा पर्यटन व्यवसायको दिगोपन, सदस्यको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान विस्तार तथा शेर्पा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।