काठमाडौं– गत साउन २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ अहिले प्रायः सबै हलहरुमा प्रदर्शन भइरहेका छन् । दुबै फिल्ममा अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । आफूले मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेका दुबै फिल्मले दर्शकको राम्रो साथ पाउनु तथा दुबै फिल्मको आफ्नो भूमिका दर्शकले मन पराउनु यति बेला बेनिशाको दुवै हातमा लड्डु झैँ भएको छ । बेनिशाले आफ्नो अनुभव शेयर गरेकी छिन् । दुवै फिल्मलाई दर्शकबाट पाएको राम्रो प्रतिक्रिया र साथले आफू अति नै खुशी भएको बेनिशा बताउँछिन् ।
बेनिषा भन्छिन्– ‘मेरा दुबै फिल्म व्यापारिक हिसावले कस्तो हुन्छ रु भन्ने लाग्नु एउटा पाटो भयो । त्यसबाहेक फिल्म कस्तो हुन्छ रु मेरो अभिनयलाई दर्शकले कसरी लिनु हुन्छ रु भन्ने डरका साथै उत्सुकता पनि थियो । त्यसमा दुबै फिल्मको पात्रलाई दर्शकले यसरी माया गरिदिनु भएको छ, मलाई व्यक्तिगत रुपमा यति धेरै म्यासेजहरु पठाउनु भएको छ, फिल्मलाई यति धेरै साथ र समर्थन गरिदिनु भएको छ, जसले गर्दा मलाई एकदम खुशी लागेको छ ।’
त्यस्तै, यसअघि कहिलेकाहिँ एउटा मात्र फिल्म प्रदर्शनमा आउँदा पनि फिल्मले सोचे अनुसारको व्यवसाय नगरेको तथा प्रतिक्रिया नपाएको तीतो अनुभव संगालिसकेकी बेनिशालाई अहिले दुबै फिल्मको उत्साहजनक व्यवसाय र दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाउनुले आफैँमा प्रफुल्लित बनाउनु स्वभाविक नै हो । दर्शकको साथले दंग परेकी बेनिशा भन्छिन्– ‘मेरो लागि यो एकदम सप्राइज भएको छ । त्यसो त यी दुबै मैले छानेर काम गरेका प्रोजेक्टहरु हुन् । दुबैको कथावस्तु र क्यारेक्टर कस्तो थियो भन्ने कुरा अगाडि नै थाहा थियो । त्यस्तै काम कस्तो भएको छ भन्ने पनि पहिला नै थाहा भएता पनि दर्शकले कसरी लिनु हुन्छ रु भन्ने अन्योल चाहिँ थियो नै । तर रिलिज भएपछि जुन किसिमको प्रतिक्रिया पाएकी छु, जसरी फिल्म हेर्न दर्शक सिनेमा हलसम्म आइरहनु भएको छ, यसले अति नै खुशी छु ।’ आफ्नो सिनेमा हल भिजिटको अनुभव शेयर गर्दै बेनिशा भन्छिन् – ‘हल भिजिट गर्दा एकदमै राम्रो अनुभव भइरहेको छ ।
पहिलो कुरा पात्रलाई अति नै माया गरिदिनु भएको छ । पहिलो दिन म ढिला पुगेकोले फिल्म छुटिसकेको थियो । ढिला पुग्दा पनि मलाई तानेर ल्याउनु भयो र मेरो अभिनय र पात्रको प्रशंसा गर्नु भयो । विशेष गरेर मैले पश्चिम नेपालका रोल्पा–दाङतिरको लवज ट्राई गरेकी छु, जसलाई दर्शकले अति नै मन पराउनु भएको छ । यसका साथै व्यवसायको हिसावले पनि दिन प्रतिदिन दर्शकहरु बढिरहनु भएको छ । ‘मोहर’ हेर्न आउनु भएका दर्शकले मलाई ‘हामीले हिजो सिटामोल हेरेको नि’ भन्नु भएको छ । त्यस्तै ‘मोहर’ हेरिसक्नु भएका दर्शकले ‘हामी अब सिटामोल हेर्न जाने’ भन्नु भएको छ । त्यसैले दुबै फिल्मलाई यति धेरै माया दिनु भएको छ । दुवै फिल्ममा मेरो पात्रलाई यति धेरै मन पराउनु भएको छ । यो कुरा मेरो जीवनकै रमाइलो र रोचक क्षण भएको छ । जीवनमा पहिलो पटक मेरो दुई वटा फिल्म जुधेको र दुवै फिल्ममा कस्तो हुने हो भन्ने डर थियो, तर दुबै फिल्मको राम्रो प्रतिक्रिया र दर्शकको साथ पाउँदा एकदम खुशी भइरहेकी छु ।’ अभिनेत्री हमालले कलाकर्मीमार्फत सम्पूर्ण दर्शकलाई आफ्नो नजिकका सिनेमा हलमा गएर पालै–पालो आफ्ना दुबै फिल्महरु हेरेर मनोरञ्जन दिन तथा प्रतिक्रिया दिनसमेत आग्रह गरेकी छिन् ।