काठमाडौं– क्यान्सर किन हुन्छ रु भन्ने प्रश्नको ठ्याक्कै उत्तर आजसम्म विज्ञानसँग छैन । धेरैलाई लाग्छ, केवल चुरोट, सुर्ती अथवा गुटखा खानेहरूलाई मात्र मुखको क्यान्सर हुन्छ । यद्यपि, यथार्थ फरक र चकित पार्ने खालको छ । पछिल्ला घटनामा के पनि देखिएको छ भने कहिल्यै नसामा लिप्त नहुने व्यक्तिहरूसमेत मुखको क्यान्सरको चपेटामा परिरहेका छन् ।
स्वास्थ्य विशेषज्ञका अनुसार, यो ज्यान लिने रोगका पछाडि केही अनौठा कारणहरू छन्, जसलाई मानिसहरूले प्रायः बेवास्ता गर्छन् । यी कारणलाई नजरअन्दाज गर्नु डरलाग्दो मानिएका छन् । छिमेकी मुलुक भारतमा पुरुषहरूमा हुने सबैभन्दा सामान्य क्यान्सर भनेको मुखको क्यान्सर देखिएको छ । धेरैले यो रोग सुर्ती अथवा चुरोटको सेवनका कारण मात्र हुने ठान्छन्, तर यसको अन्य कारण पनि छन् । अत्यधिक मदिरा सेवनले पनि मुखको क्यान्सरको जोखिम बढाउँछ । यसका साथै, ह्युमन प्यापिलोमा भाइरस पनि मुख र घाँटीको क्यान्सरको प्रमुख कारण हो । यो भाइरस यौन सम्पर्क ९ओरल सेक्स० मार्फत पनि सर्न सक्ने कुरा विशेषज्ञहरुले बताइएका छन् ।त्यसैगरी, क्यान्सरको अर्को कारण भनेको दाँतको रोग अथवा गलत रूपमा जडिएका डेन्चर ९नक्कली दाँत० हो । यसले मुखभित्रको छालामा बारम्बार चोट पुर्याउँछ, जसले क्यान्सरको खतरा बढाउँछ । कुनै दाँत लामो हुनु वा बाहिर निस्कनु, जसले निरन्तर मुखभित्र चोट पुर्याउँछ भने यसले जोखिम पनि उतिक्कै बढाउँछ । विशेषज्ञहरूका अनुसार पुरुषहरूमा महिलाको तुलनामा मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । कुल मिलाएर, जुनसुकै कारणले मुखभित्रको छालामा बारम्बार नोक्सान पुग्यो भने यो रोगको सम्भावना धेरै बढ्छ ।
शरीरले प्रारम्भमा चोट नीको पार्ने प्रयास गर्छ, तर एकै स्थानमा निरन्तर चोट लागिरहेमा स्थिति खतरनाक बन्न सक्छ । त्यसैले, यस्ता संकेतहरू देखिँदा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नु जरुरी हुन्छ ।मुखभित्रको घाउ अर्थात छाला लामो समयसम्म नीको नभएको, औषधि खाए पनि आराम नपाएको, आवाजमा परिवर्तन आउनु वा मुखभित्र गाँठो तथा पीडा भैरहे यी सबै ओरल क्यान्सरका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षणहरू प्रारम्भिक चरणमै पहिचान भएमा उपचार सम्भव हुन्छ ।मुखको क्यान्सरको पहिचानका लागि प्रारम्भिक चरणमा एमआरआई अथवा अन्य इमेजिङ टेस्ट गरिन्छ । कहिलेकाहीँ दाँतको एक्स–रे पनि लिइन्छ । तर, क्यान्सर नै हो या होइन भनेर प्रस्ट रूपमा बुझ्न बायोप्सी नै सबैभन्दा महत्वपूर्ण परीक्षण मानिन्छ । यसरी जबसम्म बायोप्सी हुँदैन, क्यान्सर भएको पनि ठानी हाल्नु हुँदैन । यो रोगबाट जोगिनका लागि नियमित रूपमा मुख सफा राख्नु पर्ने र मदिरा, सुर्ती, चुरोटजस्ता नशालु पदार्थको सेवन नगर्नु नै राम्रो मानिन्छ ।स्वास्थ्य विशेषज्ञको अनुसार सावधानी अपनाउने हो भने मुखको क्यान्सरबाट जोगिन सकिन्छ र प्रारम्भिक चरणमै उपचार पनि सम्भव हुन्छ ।