काठमाडाैँ -राजधानीको व्यस्त सडक र व्यस्त जीवनशैलीलाई सहज बनाउने उधेश्य सहित स्थापना भएको फास्टो नेपाल प्रा.लि.ले उपभोक्तालाई १० मिनेटमै हरेक सामान घर घरमै उपलब्ध गराउने भएको छ।
‘एनिथिङ्ग इन टेन मिनेट’ भन्ने नाराकासाथ फास्टोले यही भाद्र १ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र सोझै किसानले उत्पादन गरेका ताजा तरकारी, फलफुल, दैनिक उपभोग्य सामाग्री लगायत खेलकुद तथा सजावट र बजार माग बमोजिमका अन्य आवश्यक सामाग्रीहरु ग्राहकले मोवाईलबाट अर्डर गरेर १० मिनेटमै घरमै प्राप्त गर्न सक्ने व्यबस्था मिलाएको छ । ग्राहकले ‘फास्टो एप’ प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गरी सामान अर्डर गर्न सक्नेछन । यसबाट राजधानीबासीका लागि दैनिक किनमेल अब सजिलो र छिटो हुने अनुमान गरिएको छ ।
कम्पनीका अनुसार यो सेवा नेपालकै पहिलो अत्यन्त छिटो डेलिभरी मोडल हो । जसमा ग्राहकले सामान अर्डर गरेपछि औसतमा १० मिनेटमा सामान प्राप्त गर्नेछन । कम्पनीका संथापक सुशान्त घिमिरे भन्छन् ’हामी बुझ्छौं, अहिले मानिसहरुलाई हरेक मिनेट महत्वपुर्ण छ । बजार जाने, साधन पार्किङ्क गर्ने, सामान खोज्ने, लाईनमा पर्खिने यी सबै कुराले उनीहरुको महत्वपुर्ण समय अनावश्यक खेर गएको छ । हाम्रो उधेश्य भनेको ग्राहककोयो समय बचत गराउनेहो’ । योसेवा सन्चालनकालागि फास्टोले काठमाण्डौ उपत्यकाभित्र विशेष वितरण नेटवर्क तयार पारेको छ । कम्पनीका अनुसार छिटो डेलिभरीका लागि अत्याधुनिक लजिष्टक सिस्टम र कुशल डेलिभरी टिम प्रयोग गरिएको बताएको छ ।
कम्पनीले गुणस्तरीय र ताजगीको ग्यारेण्टी सहित स्थानीय खुद्रा मुल्यमा २५० भन्दा बढी स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका २००० भन्दा बढी सामान उपलब्ध गराउने दावी गरेको छ । साथै कम्पनीले किसान र उत्पादकसंग प्रत्यक्ष सहकार्य गरी उनीहरुका उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने गरी कार्ययोजना तयार गरेको छ । जसबाट बस्तु बजारीकरण तथा वितरणमा विभिन्न मध्यस्थकर्ताहरुको उपस्थिती घट्ने र यसो गर्दा साना तथा मध्यम स्तरका उधोगहरुले व्यहोर्नुपरेको वितरण लागत कम हुनगई उत्पादक मात्रै होईन करीब ७० लाख भन्दा बढी उपभोक्ता समेत प्रत्यक्ष लाभान्वीत हुने विश्वास कम्पनीले लिएको छ । यसले हाल काठमाण्डौ उपत्यकामा मात्रै सिमीत राखेको यो सेवा निकट भविष्यमा नेपालका सबै प्रदेश र बजारमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
फास्टो एप डाउनलोड गर्न यो लिङ्क क्लिक गर्नुहोस्।
https://fasto.com.np/