दीपाश्रीको जन्मदिनमा दीपकराज : मेरो सुखदुःखकी एउटा साथी छिन्

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३७ दिन अगाडि
दीपाश्रीको जन्मदिनमा दीपकराज : मेरो सुखदुःखकी एउटा साथी छिन्

काठमाडौं - अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार जन्मदिन मनाउँदैछिन् । यो अवसरमा उनलाई सामाजिक संजालमा प्रशंसकले शुभकामना दिइरहेका छन् ।

यस्तोमा, दीपाश्रीको जन्मदिनमा उनका निकट साथी दीपकराज गिरीले हरेक वर्ष अर्थपूर्ण स्टाटससहित शुभकामना दिइरहेका हुन्छन् । यसपटक पनि दीपकले दीपालाई प्रशंसामा शब्द वर्षाएका छन् । दीपालाई आफ्नो सुखदुःखको साथी बताउँदै दीपकले ‘ह्याप्पी बर्थडे डियर फ्रेन्ड दीपा’ भन्दै लेखेका छन् । कर्ममा अब्बलता प्रमाणित गर्ने भन्दै उनले दीपालाई सबैभन्दा जाति साथीको रुपमा ब्याख्या गरेका छन् ।

दीपक लेख्छन् :

समाज जतिसुकै आधुनिकता तिर बढे पनि नारी र पुरूषमा मनोवैज्ञानिक विभेद रहेकै छ ! नारी जतिसुकै सक्षम भएपनि उसको उपलब्धिलाइ शंकाभावले हेरिन्छ ! स्वतन्त्र रूपले कर्ममा लाग्दा पनि नारीका उपलब्धिभन्दा बढि उसका ब्यक्तिगत कुराका चियो चर्चा र चासो हुने गर्छ ! प्रश्नहरू उठाइन्छ ! अनावश्यक जिज्ञासा राखिन्छ …!
यस्ता अनेकौ प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बावजुद निरन्तर आफ्नो कर्ममा लागेर हरेक कर्ममा आफ्नो अब्बलता प्रमाणित गरिरहने तिमीलाई सर्वप्रथम सलाम छ ! केहि अझै लेख्छू, तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधामा भन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बॉच्न सक्ने, पीडालाई पोल्टामा राखेर पनि हॉस्न सक्ने, काँडाहरू आफू लिने, अरूलाई फूल दिने, खुसी सापट दिएर पनि भूल्दिने, जो सबैभन्दा जाति छिन्, मेरो सुख दुखकी एउटा साथी छिन । मेरो सुख दुःखकी साथी छिन् । ह्याप्पी बर्थडे माई डियर फ्रेन्ड दीपा ।’