तीज गीत ‘म त ढलेँ ढलेँ’को युट्युब भ्यूज १० करोड नाघ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३७ दिन अगाडि
तीज गीत ‘म त ढलेँ ढलेँ’को युट्युब भ्यूज १० करोड नाघ्यो

काठमाडौं - गतवर्षको तीज गीत ‘म त ढलेँ ढलेँ’ले रिलिजको एक वर्ष बितिसक्दा पनि युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ ।

शनिबार यो गीतको भ्यूज १० करोड नाघेको छ । गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द र शान्तरानी परियारको स्वर छ । अस्ट्रेलियाको सांगीतिक टूरमा रहेका संगीतकार सेन्चुरी र गायिका परियारले दर्शकलाई यो उपलब्धिको लागि धन्यवाद दिएका छन् । यो एउटा गीतले नै शान्तरानीलाई लोक तथा दोहोरी फाँटमा स्थापित गर्‍यो । यो गीतको कारण आफूले २८ वटा कार्यक्रममा सहभागी हुने अवसर पाएको परियारले उल्लेख गरेकी छन् । अब उनले अर्को सांगीतिक कोसेली ल्याउने घोषणा पनि गरेकी छन् । यसैसाता अस्ट्रेलियाका विभिन्न स्थानमा आयोजना भएका तीज कार्यक्रममा पनि शान्तरानीले यही गीतमा प्रस्तुति दिएकी छन् ।