हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३२ दिन अगाडि
हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

 काठमाडाैँ - दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र अन्य आयामलाई दर्शाउने प्रयास गरेको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपालको पनि अभिनय छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाले खिचेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ ।फिल्म ‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपाती अवसरमा असोज १३ देखि नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउँदैछ ।