फिल्म 'स्त्री' बन्ने, को-को छन् कलाकार?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३१ दिन अगाडि
फिल्म 'स्त्री' बन्ने, को-को छन् कलाकार?

 काठमाडाैँ -फिल्म 'स्त्री' निर्माण हुने भएको छ। बुधबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभसाइत गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो।

जीवन शाहीको निर्देशनमा बन्ने फिल्मको छायांकन शनिबारदेखि सुरू हुनेछ।  काठमाडौं र आसपासमा ३५ दिन छायांकन हुने निर्देशक शाहीले बताए। सामाजिक कथामा बन्ने फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठ र बाल कलाकार दिप्सन चिलवालको प्रमुख अभिनय रहनेछ। मेला रेकर्डिङ्ग स्टुडिओको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता समीर राई हुन्।निर्देशक शाहीकै कथा रहेको फिल्मको पटकथा उनले किशन अर्यालसँग मिलेर तयार परेका हुन्।