‘यो मन त मेरो नेपाली हो’ को ५१औँ दिनमा नयाँ फिल्मको घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३१ दिन अगाडि
‘यो मन त मेरो नेपाली हो’ को ५१औँ दिनमा नयाँ फिल्मको घोषणा

काठमाडौं-  असार २७ देखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिमले भदौ १२ गते बिहीवार प्रदर्शनको ५१ औँ दिन मनाएको छ । बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाएको हो । फिल्मको निर्माण टिमले अष्टनारायण हलमा केक काटेर ५१ औँ दिनको सेलीब्रेशन गरेको हो ।

उक्त कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले अरु फिल्मको जस्तो टिकट काटेर दर्शक नल्याएको  बताए । रोशनले भने- ‘जति दर्शक आउनुहुन्छ स्वतस्फुर्त टिकट काटेर आएका हुन् , फिल्मको चर्चा भएन होला तर फिल्मले ५१ औँ दिन पार गरेकोमा खुशी छौं । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका पूर्व राजकुमार राई, कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का लगायत फिल्मकर्मीहरु सहभागि थिए ।फिल्मको टिम तथा संचारकर्मीहरुलाई मायाको चिनो प्रदान गरेको थियो । यो मन त मेरे नेपाली हो फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल तथा बुद्धि तामाङको प्रमुख भूमिका छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा फिल्मका निर्माता ज्ञानबहादुर प्रधान रोशन हुन् । मित्र प्रधान को कथा तथा निर्देशन रहेको फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् ।यो मन त मेरे नेपाली हो यति बेला अमेरिकाको बिभिन्न सहरमा प्रदर्शन भईरहेको छ । यस्तै ‘यो मन त मेरो नेपाली हो’ टिमले नयाँ फिल्म ‘स्वाह:’ निर्माणको घोषणा गरेको छ । फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । फिल्म स्वाह:लाई मित्र प्रधानले निर्माण तथा निर्देशन गर्नेछन् । शिवम अधिकारी पटकथा तथा संवाद रहने यस फिल्ममा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् भने अन्य कलाकारहरु छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । हिमाली भेगको कथामा निर्माण गरिने चलचित्र स्वाह: करिब ४ करोडको लगानीमा निर्माण हुन् लागेको हो ।