शेर्पा इभेन्ट अर्गनाइजरकी कोषाध्यक्ष सोनी शेर्पालाई न्याय सेवा उपसमूहमा सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३१ दिन अगाडि
शेर्पा इभेन्ट अर्गनाइजरकी कोषाध्यक्ष सोनी शेर्पालाई न्याय सेवा उपसमूहमा सिफारिस

काठमाडौं - लोक सेवा आयोगको नेपाल न्याय सेवा परीक्षामा पहिलो प्रयासमै उत्तीर्ण भई न्याय सेवा उपसमूह अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी “शाखा अधिकृत” पदमा नियुक्तिका लागि सिफारिस भएकामा शेर्पा इभेन्ट अर्गनाइजरकी कोषाध्यक्ष सोनी शेर्पालाई धेरै–धेरै बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

शेर्पा समुदायबाट लोक सेवा परीक्षामा सहभागी हुने विद्यार्थी संख्या कम रहेको र न्याय सेवामा नाम सुनिनु अझै विरलै हुने अवस्थामा सोनी शेर्पाको नाम सिफारिस हुनु सम्पूर्ण शेर्पा इभेन्ट अर्गनाइजर परिवारको लागि गर्वको क्षण भएको छ। परिवारका सदस्यहरूले देशको विकास र न्याय क्षेत्रमा सोनी शेर्पाको योगदान सधैं अब्बल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।