खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २३१ दिन अगाडि
खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं– नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

बालुवाटारमा शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो । खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन् । अरू एआईजी उनीभन्दा जुनियर छन् । हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो ।

नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने कार्यक्रम छ ।प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चीन भ्रमणमा गएर १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो ।खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख छन् ।