काठमाडौं -चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा.डा गोविन्द केसीले गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्दै छन् । १ बजेदेखि सत्याग्रह सुरू गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए । चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ ।
उक्त सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् । सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ। उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरू बताउँछन् ।