गायक मुकेश प्रधानकाे ‘भक्कानिएको मुटु’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२७ दिन अगाडि
गायक मुकेश प्रधानकाे ‘भक्कानिएको मुटु’ सार्वजनिक

काठमाडौं -गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोसिलले म्युजिक डिरेक्सन गरेको हुन् l देशको अहिलेको वैदेशिक रोजगारीको विषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजिक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ ।

भिडियोमा नायक बवशाल पहारी, बिन्दा खतिवडा, जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ । भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको अफिसियल च्यानल ( INSIDE Mucase ) बाट सार्वजनिक गरिएको हो। गायक मुकेशका यसअघिका गीतहरुलाइ पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन् ।