‘जनै हराएको मान्छे’ :१२ दिनसम्म कति कमायो ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२६ दिन अगाडि
‘जनै हराएको मान्छे’ :१२ दिनसम्म कति कमायो ?

काठमाडौं  सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बरालको ‘जनै हराएको मान्छे’लाई लिएर दर्शकमाझ निकै अपेक्षा थियो ।

यो फिल्मले प्रदर्शनको १२ औं दिनसम्म अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबारसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड १० लाख रुपैयाँ ग्रस छ । यो फिल्म ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’सँगै रिलिजमा आएको थियो । हिमाल न्यौपाने निर्देशित यो फिल्ममा विजयसहित मिरुना मगर र केकी अधिकारीको पनि शीर्ष भूमिका छ । यो फिल्म प्रदर्शन भैरहेको छ ।