हतारहतार टिकटकतर्फ मोडिए सेलिब्रेटी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२३ दिन अगाडि
हतारहतार टिकटकतर्फ मोडिए सेलिब्रेटी

काठमाडौं -सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यसको प्रभाव सांगीतिक र फिल्म वृत्तमा देखिन थालेको छ ।

मेटाका प्लाटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सक्रिय हुने कलाकार टिकटक र भाइबरतिर सोझिएका छन् । कतिपय कलाकारले टिकटक खाता खोलेर पछ्याउन आग्रह गरिरहेका छन् । मेटाका ती प्लाटफर्म अहिले बन्द छन् भने टिकटक र भाइबर संचालनमा छन् । केही दिनअघि अमेरिका टूरबाट स्वदेश फर्किएका प्रदीपले शुक्रबार टिकटकमा खाता खोलेर डेब्यू गरेका छन् ।‘मलाई आधारिकरुपमा यहाँ खोज्नुहोस साथीहरू’ प्रदीपले टिकटक खाताको क्यूआर कोड फेसबुकमा सेयर गर्दै लेखेका छन् । उनले यो आग्रह गरेको केही घण्टामै उनलाई फलो गर्नेको संख्या ३३५ नाघेको छ।

अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढाले पनि आफूलाई टिकटकमा पछ्याउन फेसबुकमार्फत आग्रह गरेका छन् । ‘यदि फेसबुक बन्द भैहाल्यो भने यो मेरो टिकटक हो है हजुर’ लेख्दै उनले टिकटक खाताको लिंक सेयर गरेका छन् । यीबाहेक अधिकांश कलाकारले पछिल्लो २४ घण्टामा भाइबर ज्वाइन गरेका छन् । सेलिब्रेटीले भाइबर एप डाउनलोड गरिरहेका छन् । यसको नोटिफिकेसन सेभ भएका नम्बरमा आउने गरेको छ ।सरकारले विहिबार २५ वटा सामाजिक संजाललाई निष्क्रिय तुल्याउने घोषणा गरेको थियो । सोसल मिडियामा रोक लगाएपछि फिल्म र संगीत वृत्तमा धक्का लागेको छ ।