रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२१ दिन अगाडि
रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

 काठमाडौं - नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।

नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।