काठमाडौं - कुण्डलीमा अष्टम स्थान : वैदिक ज्योतिष शास्त्र अनुसार , अष्टम भावलाई आयु एवं मृत्यु भाव पनि भनिन्छ । लग्न पछिको सबै भन्दा महत्त्वपूर्ण भाव भनेर यसैलाई चिनिन्छ । एउटा दीर्घायु व्यक्तले नै जीवनमा सुख , घर - परिवार र सफलताको लाभ उठाउन सक्छ । यस भावलाई त्रीक भाव पनि भनिन्छ र कुण्डलीमा सबै भन्दा नराम्रो भाव भनेर यसैलाई चिनिन्छ । यसलाई कष्टकारी भाव पनि भनिन्छ ।
यस भाव बात मृत्यु तुल्य कष्ट , मृत्यु , आयु को अन्तिम घडी, पुर्ख्यौली बाबा बात पाइने सम्पत्ति, आकस्मिक लाभ, विदेश, समुन्द्र यात्रा, माटो मुनि बात पाइने समान , ज्योतिष , तन्त्र मन्त्र , योग, साधना, अदृश्य शक्ति, आध्यात्मिक जीवन, ससुराली , बिहे पछि ससुराली बात पाउने दाइजो या श्रीमती बाट पाउने धन, त्यस्तै कतिको कुण्डली भए बिहे पछि को श्रीमानको घर परिवार , कतिको ससुराली बात पाउने सम्मान, मान प्रतिष्ठा ( इज्जत ) आदि हेरिन्छ । यो भाव भाग्यको द्वादश भएको कारण यस भाव लाई मारक भनिएको छ किनभने यदि यस भावमा कुनै ग्रह बसेमा त्यस ग्रहले भाग्यको हानी ( खराब ) गर्छ, त्यस्तै यस भावको कारक ग्रह शनिलाई मानिएको छ भने यस भाव वृश्चिक राशि अन्तर्गत पर्दछ ।
वृश्चिक राशि भएकोले मङल लाई पनि गनिएको छ । वृश्चिक राशि अन्तर्गत पर्ने भएकोले यस घरलाई बिच्छु ले एकदम जोडले समातेर राख्छ छोड्दैन । यस भावलाई रहस्यमय भाव भनिन्छ । किनभने यो भाव एकदम गुप्त अँध्यारो छ यहाँ यदि कुनै ग्रह प्रवेश गरेमा त्यस ग्रह हराउने गर्दछ एक प्रकारले । कालो र अँध्यारो साथै रहस्यमय भएको कारण यस घरलाई रहस्यमय को घर भनिएको छ । यस घरमा चन्द्र र सूर्य बसेमा तिनीहरूलाई दोष लाग्दैन भनिएको छ , तिनीहरू तथस्त हुन्छ भनिएको छ तर पनि यो घर नै यति डरलाग्दो छ कि यहाँ सूर्य प्रवेश गरेमा सूर्यको प्रकाश नै हराउने गर्दछ । मानिसको जीवनमा पनि त्यसको नकारात्मक असर पर्न जान्छ । जस कारण उसको बुवाको मृत्यु या बुवा सङ सम्बन्ध राम्रो हुँदैन । उसको आत्मबल मा पनि कमी आउँछ । कुण्डलीको कुनै पनि भाव जसलाई घर पनि भनिन्छ सम्पूर्ण रूपमा खराब नै हुन्छ भन्ने छैन ।
यदि कुनै मानिस आध्यात्मिक जीवन जिउन चाहन्छ , साधु सन्त बन्न चाहन्छ , तन्त्र मन्त्र को काम गर्न चाहन्छ भने लग्न लग्नको मालिक साथै यो घर र यो घरको मालिक को अवस्था र शनिलाई हेर्ने गरिन्छ । यदि यो तिनै अवस्था बलियो भएमा त्यो मानिस यस काममा सफल हुनेछ । त्यस्तै, कतिको विवाह पछि केताको परिवार कस्तो हुन्छ , केताको घर कस्तो हुन्छ , केताको बोल्ने शैली कस्तो हुन्छ, केता सङ कति धन जम्मा हुन्छ बैङ्क मा सबै यही भाव बात हेरिन्छ त्यहिभएर यस भावलाई मङल स्थान सुभ घर पनि भनिन्छ । अष्टम बात अष्टम गन्दा ( अष्टम टु अष्टम सिद्धान्त ) अनुसार तेस्रो भाव पर्दछ र यो भावलाई पनि रहस्यमय खोज को घर भनिएको छ । अष्टम घरमा चन्द्र बसे तथस्त हुन्छ दोष लाग्दैन भने पनि यदि चन्द्रमा यहाँ बसेमा प्राय त्यस मानिसको आयु पूरा हुँदैन , अल्पायु हुन्छ जातक भनिएको छ ।
तर कतिको कुण्डली र केताको कुण्डली हेर्ने शैली फरक हुन्छ । अष्टम घर बात लामो बिरामी, पेट्रोल/डिजल, खेती को काम जुन जमिन मुनि फल्छ हेरिन्छ । साधारण पनि यस घरमा यसै घरको मालिक या शनि बसेमा त्यस मानिस को आयु पूरा हुन्छ भनिएको छ । यस घरमा शनि बसेमा मानिसलाई एकदम सत्य तपस्वी , या साधु बनाइदिन्छ र त्यस मानिस 36 वर्षपछि आफ्नो घर छोडेर सन्न्यासी जीवन जिउँछन् भनिएको छ । तर यसको लागि सम्पूर्ण कुण्डलीको विवेचना गर्न आवश्यक छ ।
यस घरमा कुनै पनि ग्रह बसेमा उसले आफ्नो सातौँ दृष्टि ले दोस्रो घरलाई पूर्ण दृष्टि ले हेर्ने भएकोले सामान्य पनि उसको परिवार मा अल्गाव अर्थात् बिछोड को परिस्थिति सृजना गरिदिन्छ भने धनको पनि हानी गर्दछ । त्यस्तै यस घरमा राहु बसेमा र ऊ कुण्डलीमा खराब छ साथै पापी ग्रहको ऊ माथि दृष्टि परेको छ भने , बिना कारण आफ्नो सम्पूर्ण जीवन भौतिक नराम्रा कार्यहरू र फाल्तुको मन्त्र जाप सिद्धिमा लागेर बर्वाद् गर्दछ । यो अष्टम भाव भएको कारण यस भावपछि का भाव को मालिक लाई मृत्युको डर हुँदैन भनिएको छ । यसपछि बल्ल भाग्यको ढोका खुल्छ , अनि कर्म गर्छ र लाभ प्राप्त गर्छ र खर्च पनि ।
यस भाव बात ससुराली हेरिन्छ किनकि ससुराली मा पनि आफ्नो छोरीको विवाह पछि केताले दुख दिने हो कि ? केताको परिवारले कस्तो व्यवहार गर्ने हुन मेरो छोरी सङ सबै हेरिन्छ त्यो आफैमा एक रहस्यमय नै हुन जान्छ । झन अहिलेको समयमा त यस घरको एकदम आवश्यक नै पर्न जान्छ । अष्टम बात अष्टम अर्थात् तेस्रो घर पनि हेरेपछि त्यहाँ बसेको ग्रह र त्यस घरको मालिकको अवस्था हेरेपछि साथै लग्न , नवाशं हेरेपछि बल्ल निष्कर्ष मा पुग्न सकिन्छ । नक्षत्र पनि हेर्नु आवश्यक छ किनभने कुनै पनि कुराको मोहोर लगाउन लाई यो हुन्छ पक्का 100% भन्नलाई नक्षत्र को ठुलो भूमिका रहन्छ ।