चलचित्र माइतीघर’को ट्रेलर सार्वजनिक (भिडियो )

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४०४ दिन अगाडि
चलचित्र माइतीघर’को ट्रेलर सार्वजनिक (भिडियो )

काठमाडौं - दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।

ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत प्रकाश पारेको छ । पारिवारिक कथावस्तुको यो फिल्मको केन्द्रमा उपासनासिंह ठकुरी छिन् । प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, श्यामाश्री शेर्पालाई पनि चित्रण गरिएको छ ।

तामाङ समुदायको कथा भएपनि यो फिल्मको छायांकन म्याग्दीको ताकममा गरिएको हो । मिलन तामाङ निर्देशित फिल्म रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको हो निर्मातामा रविन शेरचन र धीरज तामाङ छन् । यो फिल्म दशैं फूलपाती अवसरमा १३ असोजमा प्रदर्शन तयारीमा छ ।