दसैंमा फिल्मलाई बिहानदेखि मध्यरातसम्मका शो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २०४ दिन अगाडि
दसैंमा फिल्मलाई बिहानदेखि मध्यरातसम्मका शो

 काठमाडाैँ -यही असोज १३ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेका फिल्महरूको सिनेमा हलहरूले अग्रिम टिकट बिक्री सुरू गरेका छन्। देशभरका सिनेमा हलहरूले बुधबारबाटै बुकिङ खुला गरेका हुन्।

आउँदो सोमबारदेखि फिल्म 'बलिदान', 'माइतीघर' र 'हरिबहादुरको जुत्ता' एकसाथ प्रदर्शनमा आउँदैछन्। फूलपातीमा रिलिज हुने फिल्मका लागि हलहरूले बिहानदेखि मध्यरातसम्मको शो दिएका छन्। देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फूलपातीको दिन बिहान ५ः३० देखि मध्यरात ११ः५५ बजेसम्मको शो दिएको छ। नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स आइएनआईले पनि बुकिङ खुलाइसकेको छ। वान सिनेमाजसहितका अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाइसकेका छन्। अधिकांश हलहरूले बिहानदेखि रातीसम्मका शो राखेका छन्। तीन फिल्ममध्ये सर्वाधिक शो बलिदान' ले पाएको छ। 

समीर भट्टको पहिलो फिल्म '१२ गाउँ' व्यावसायिक रूपले सुपरहिट भएकाले दोस्रो फिल्मलाई पनि हलहरूले धेरै शो दिएका हुन्। सन्तोष सेनको निर्देशन रहेको 'बलिदान' मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतको अभिनय छ। त्यस्तै, रोहित अधिकारी फिल्मस्को प्रस्तुति रहेको 'माइतीघर' मिलन तामाङले निर्देशन गरेका हुन्। यसमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत र उपासना सिंह ठकुरी लगायतको अभिनय छ। त्यस्तै, 'हरिबहादुरको जुत्ता' वरिष्ठ अभिनेता हरिवंश आचार्यको शीर्ष अभिनय रहेको फिल्म हो। दीपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा हरिवंशसँगै प्रकाश सपुत, प्रियंका कार्की र स्वस्तिमा खड्का लगायतको शीर्ष अभिनय छ। तीनवटै फिल्मले दर्शकमाझ राम्रो हाइप बनाएका छन्।