'वरिष्ठ बलराम' मा दयाहाङ राई भर्सेस विजय बराल, कथाबारे के भन्छन् उनीहरू?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १९१ दिन अगाडि
'वरिष्ठ बलराम' मा दयाहाङ राई भर्सेस विजय बराल, कथाबारे के भन्छन् उनीहरू?

काठमाडौं -अभिनेता दयाहाङ राईले आफ्नो आगामी फिल्म वरिष्ठ बलरामु स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा आधारित रहेको बताएका छन्।  आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा फिल्म वरिष्ठ बलरामु मा रहेको उनले बताए। फिल्ममा स्थापित पात्रको भूमिकामा दयाहाङ छन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्रको रूपमा विजय बराल रहेका छन्। 

मानिसको भित्री रूप जस्तो सुकै भए पनि बाहिरी आवरणमा भने प्रतिष्ठित र वरिष्ठ कहलाइन र देखिन रूचाउने चरित्र हरेक व्यक्तिमा हुने दयाहाङ बताउँछन्। बुधबार फिल्मबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दयाहाङले भने, ुमान्छे जस्तो सुकै होस्, बाहिरी आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो। यो फिल्ममा यही कुरा छ। मेरो चरित्र पनि त्यही हो। आफ्नो चरित्र र चाहनामाथि टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा हुने संघर्ष नै फिल्मको मुख्य विषयवस्तु रहेको उनले बताए। अर्का अभिनेता विजय बरालले फिल्म ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताए। व्यक्तिमा रहेको यही सोचबीचको टकराब फिल्मको मुख्य विषय भएको उनले उल्लेख गरे। वरिष्ठ बलरामु का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले बताए।

फिल्मको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने फिल्म रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला, विजय भन्छन्, तर, फिल्ममा मलाई बले भनेर भनिएको छ। त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ। उनले सिनियर कलाकार दयाहाङसँग फिल्ममै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए। अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ। दाइले अप्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें,विजयले भने, अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही असहज चाहिँ हुने रहेछ।

दयाहाङ भने सेटमा व्यक्तिभन्दा पनि चरित्र प्रमुख हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउँछन्। आफूले पनि ‘दासढुंगा’ मा गुरू अनुप बरालसँग यस्तै खालको भूमिकामा काम गरेको उनले स्मरण गरे।उहाँले चरित्रमा गुरूचेला हुँदैन, भँडास पोख्ने मौका पनि यही हो भन्नुभयो, दयाहाङ भन्छन्, भँडास पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन। चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन। अभिनेत्री समृद्धि अर्यालले आफू फिल्ममा शो पिस मात्रै नरहेको बताउँछिन्। दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो भूमिका रहेको उनको भनाइ छ। 

उनले भनिन्, म जहाँजहाँ आउँछु, त्यहाँ प्रभावकारी भूमिका छ भन्ने लाग्छ। दुई मुख्य पात्रलाई प्रभाव पार्ने खालको भूमिका छ। वरिष्ठ बलरामु को चरित्रले आफ्नो सिने करियरमा सहयोग गर्ने उनको भनाइ छ।  कात्तिक ६ गते भाइटीकामा रिलिज हुने वरिष्ठ बलरामु लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्म दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यस फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन्। फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ।