काठमाडौं - चलचित्र ‘कबड्डी ५’को छायांकन सुरु भएको छ । मुस्ताङमा आजबाट यो चलचित्रको छायांकन सुरु भएको हो । निर्देश र अधिकांश कलाकारसहितको निर्माण टिम आइतबार मुस्ताङ पुगेको थियो। चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।
मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिम्मा गुरुङलगायत कलाकार छन् । ‘कबड्डी २’ सम्म रहे पनि ३ र ४ मा छुटेकी रिस्मा पुनः ५ मा जोडिएकी हुन् । ‘कबड्डी ५’मा अर्की एक हिरोइन पनि मुख्य भूमिकामा नै भित्रिएको स्रोतले बताएको छ ।
तर, को हुन् खुलाइएको छैन । छायांकन सुरु हुन केही साताअघि निर्माण पक्षले कास्टिङ कल गरेको थियो । आठजना महिला–पुरुष पात्रसहित १६ कलाकारको लागि आवेदन आह्वान गरिएको थियो । मुस्ताङमा करिब एक महिना छायांकन गरेपछि बाँकी छायांकन गर्नै टिम काठमाडौं फर्किनेछ । ‘कबड्डी’का चारै सिरिजले घरेलु बक्सअफिसमा राम्रो कलेक्सन गरेका थिए ।