प्रदीप खड्का अभिनीत 'प्रकाश' फिल्म युट्युबमा सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १८३ दिन अगाडि
प्रदीप खड्का अभिनीत 'प्रकाश' फिल्म युट्युबमा सार्वजनिक

काठमाडाैँ -प्रदीप खड्का अभिनीत फिल्म 'प्रकाश' युट्युबमा सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशनमा बनेको यो फिल्म नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो। बिहीबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ।

जुम्लामा सम्पूर्ण छायांकन गरिएको यस फिल्मले एक युवाको शिक्षक बन्ने संघर्षको कथा प्रस्तुत गर्छ। हलमा रिलिज हुँदा फिल्मले दर्शक र समीक्षकबाट निकै प्रशंसा बटुलेको थियो। फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, राजन खतिवडालगायत कलाकारहरूको अभिनय छ। विकास सुवेदीको कथा रहेको यस फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन्।