आगामी मंसिर २६ डिसेम्बर १२ बाट ‘पीआर’ प्रदर्शनमा आउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १८० दिन अगाडि
आगामी मंसिर २६ डिसेम्बर १२ बाट ‘पीआर’ प्रदर्शनमा आउने

काठमाडौं -शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर चलचित्रको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ। चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो । चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन्।

निर्माण पक्षका अनुसार चलचित्र ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रको  सम्पादन बन्दे प्रसाद, र लेखन गणेश बुद्धाथोकी डान्स राम्जी लामिछाने संगीतमा मानस राज, भिम बि सि को  रहेको छ। चलचित्रको बारेमा निर्देशक बस्नेतले यो चलचित्रमा  दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताए । उनले भने,‘‘पीआर’लाई “नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष”का रूपमा दर्शकसामु ल्याउन लागेको छौँ। सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु।’ साैरव मानन्धर र साैरव लामाले खिचेको फिल्मलाई आर आर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।