‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२० दिन अगाडि
‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री सुरु

काठमाडौं । हलहरूले फिल्म ‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बिक्री खुलाएका छन् । प्रारम्भिक शोज प्रकाशित भएपनि यसको पूर्ण आकार विहिबार बेलुकासम्म देखिनेछ ।

काठमाडौं उपत्यका र मोफसलका हलले शोज प्रकाशित गर्दै टिकट विक्री थालेका छन् । कतिपय हलले अझै खुलाउने तयारी गरिरहेका छन् ।शुक्रबार हलिउडको बहुप्रतीक्षित ‘अवतार ३’ पनि आउने भएपछि हलले सोहीअनुसार शोज विभाजन गर्नेछन् । ‘अवतार २’ ले झन्डै २०० शोज पाएको देखिन्छ । ‘अवतार ३’ को विश्वबजारबाट प्रारम्भिक प्रतिक्रिया आउन थालेकाले यो फिल्मको बक्सअफिस ओपनिङ कस्तो हुनेछ, यो अहिल्यै भन्न सकिँदैन । अहिलेसम्म समग्रमा मिश्रित प्रतिक्रिया देखिन्छ ।

अब ‘झरीपछिको इन्द्रेणी’ को सबै कुरा यसको सकारात्मक ‘वर्ड अफ माउथ’ मा निर्भर हुनेछ । गायक बालेनले ल्याएको फिल्मको ओर्जिनल साउन्ड ट्रयाकले यसको प्रचारमा केही मद्दत पुगेको देखिन्छ । बालेनको उक्त गीतलाई लिएर टिकटक र रिल्समा हजारौं भिडियो बनिरहेका छन् । धेरैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कालजयी शब्द र बालेनको र्‍याप लिरिक्सलाई रुचाएका छन् । यस्तोमा, बालेनको गीतले फिल्मलाई फाइदा पुगेको देखिन्छ । बालेनको उक्त गीतको लोकप्रियता बक्सअफिस संख्यामा रुपान्तरण कसरी हुन्छ, त्यो भने पर्खाइको विषय हो । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’ को रनटाइम १४० मिनेट छ ।