काठमाडाैं- ताप्लेजुङका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले आयाेजना गरिएकाे ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव सम्पन्न भएकाे छ ।
असोज ११ गते अर्थात् मंगलबारदेखि सुरुभएकाे महोत्सव बिहीबार सम्पन्न भएकाे हाे । कलश यात्रासहित सुरुभएकाे महाेत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट (सिरानी बोकेर फाइट खेल्ने), हाडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रमलगातका कार्यक्रमहरूकाे आयाेजना गरिएकाे थियाे । यस्तै महोत्सवमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनीलगायतका कर्यक्रमकाे समेत आयोजना गरिएकाे थियाे ।
यस्तै महाेत्सवकाे आकर्षणका रुपमा रहेकाे ‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितेकी छिन् । सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम भएकी हुन् ।
यस्तै पाथीभरा म्याराथन दौडको विजेता भने जुम्लाका दलबहादुर कुँवर बन्न सफल भएका छन् । म्याराथन दौडमा ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर पार गरी कुँवर बिजेता बनेका हुन् । यस्तै महाेत्सवकाे अर्काे आकर्षणका रुपमा हाँस्य कलाकार मनोज गजुरेल, गायिका मिलननेवार लगायत राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूले आ-आफ्नाे प्रस्तुति दिएका थिए ।
ताप्लेजुङबाट हेमराज निराैलाकाे सहयाेगमा महाेत्सव झल्काउने केहि तस्विरहरू ...