सिन्धुलीको चियाबारीमा आगलागी , १ करोड १६ लाखकाे क्षति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०९ दिन अगाडि
सिन्धुलीको चियाबारीमा आगलागी , १ करोड १६ लाखकाे क्षति

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा आगलागी भएको छ ।

चियाबारीस्थित राजकुमार श्रेष्ठको घरमा सञ्चालित किराना पसलबाट सल्केको आगो अन्य होटल र टहरामा फैलिँदा ठूलो क्षति भएको छ । आगलागीबाट करिब १ करोड १६ लाख बराबरको क्षति भएको प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय राजकुमार श्रेष्ठको घर, कौशल थापाले सञ्चालन गरेको होटल, योगबहादुर थापाले संचालन गरेको होटल र गंगाबहादुर थापाको होटल जलेको छ ।